यस कारण लगाइयो कैलाली बहुमुखी क्याम्पसमा ताला ?

अनलाइन माध्यमबाट परीक्षा हुनुपर्ने भन्दै बीए एलएलबी अध्ययनरत विद्यार्थीहरूद्वारा केएमसीमा तालाबन्दी

धनगढी : कैलाली बहुमुखी क्याम्पसमा बीएएलएलबी प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूका मागहरू प्रति सुदूरपश्चिम विश्वविद्यालय गम्भीर नहुदा आइतबार तालाबन्दी गरेका छन् । विद्यार्थीहरूले बुधवार मात्रै तिन बुँदे माग राख्दै ३ दिनको अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएका थिए । तिन ओटा बुँदाहरूमा बीएएलएलबीको परीक्षामा नेपाली र अंग्रजीमध्ये भाषा छान्न पाउनुपर्ने , अनलाइन परीक्षा सञ्चालन गर्नुपर्ने , सेमेस्टरको परीक्षा सानुपर्ने , चाँडो भन्दा चाँडो सबै पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने र परीक्षा सञ्चालन गराउनु भन्दा अगाडी एक महिना भौतिक रूपमा कक्षा सञ्चालन गर्नुपर्ने मागहरू राखेका थिए ।

तर सो मागहरूमा विश्वविद्यालय गम्भीर नहुँदा आइतबार कैलाली क्याम्पसमा ताला लगाइएको हो । क्याम्पसका बीएएलएलबी प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले विगत तिन महिना देखिनै विषयहरूमा क्याम्पस प्रमुख र संकाय प्रमुखसँग माग गर्दै आएका थिए । तर त्यी कुराहरूमा क्याम्पसबाट कुनै सुनुवाइ नहुँदा विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् ।

  • भाषाका विषयमा किन उत्रिए आन्दोलनमा विद्यार्थी

पहिलो पटक विश्वविद्यालय र कैलाली क्याम्पसमा ५ बर्षे कानुन पढाई भइरहेको छ । सुदूरपश्चिम विश्वविद्यालयमा पहिलो पटक कानुन विषयमा पढाइ सुरु हुँदा यहाँका कानुन विषयमा आफ्नो भविष्य खोज्ने विद्यार्थीहरू र अभिभावक हर्षित छन् । कैलाली क्याम्पस र विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अहिले ४८÷४८ जनाको कोटामा रहेको छ । र सोही अनुसार पढाई भइरहेको छ । पहिलो पटक यो संकायमा पढाई सुरु भएकै बेला दोस्रो लहरको कोरोना महामारी सुरु हुँदा कक्षाहरू अनलाइनबाट सञ्चालनमा आए । गत वैशाखमा कक्षा सञ्चालन भएका थिए ।

“केही दिन भौतिकरुपमा कक्षा सञ्चालन भए पनि कोरोना महामारी बढ्दै गएपछि कक्षाहरू अनलाइन माध्यमबाट सुरु भए । कक्षा सञ्चालन भए पनि त्यी कक्षाहरू खासै प्रभावकारी भने हुन सकेनन् । अधिकांश विद्यार्थीहरू र केही शिक्षकहरूलाई कोरोना देखिदा झनै क्यालहरु प्रभावित भए । सबैले कक्षा नियमित लिन पाएनन् । धेरै जसो विद्यार्थी नेटको समस्याले पनि कक्षा लिन पाएनन् ।” कैलाली क्याम्पसमा कानुन विषयमा अध्ययनरत तेज जंग मल्लले भने ।

कक्षा सञ्चालन गराउँदा सो संकायमा पढाउने सबैजसो सरले नेपाली भाषामा पनि लेख्न पाइने भनेको बताउँदै मल्लले भने “तर विश्वविद्यालयबाट परीक्षाको मुखमा आएर एकाएक नेपाली भाषामा लेख्नै नपाउँने भन्दै खबर गरेको कुरा क्याम्पस प्रमुखलाई जानकारी आएको भन्दै प्रमुख प्राडा धर्मराज उपाध्याय भनेका थिए । त्यसपछि विद्यार्थीहरूले त्यो कुराको विरोध गर्दै लिखित र मौखिक क्याम्पसलाई परीक्षामा लेख्ने भाषा विद्यार्थीले रोज्न पाउनुपर्ने माग राख्यौ । भने नियमित र अनलाइनबाट प्रभाकारी नभएको भन्दै कम्तीमा एक महिना भौतिकरुपमा कक्षा गरेर मात्रै अनलाइन बाट परीक्षा लिनुपर्ने माग राख्यौ । यति मात्र हैन विश्वविद्यालयका उपकुलपति अम्मरराज जोशीसँगै यी माग प्रत्यक्ष भेटेरै सबै विद्यार्थीले कुरा राख्यौ । तर उहाँ सकारात्मक हुनुभएन । त्यसपछि लिखित रूपमै तिन दिने अल्टिमेटम समेद दिएर माग गरौँ त्यसपछि उपकुलपति जोशी सरले कैलाली क्याम्पसका सरहरूलाई गर्न नसकिने बताएको कुरा क्याम्पस प्रमुखले हामीलाई जानकारी दिनुभयो । त्यसपछि हामी आइतबार क्याम्पस प्रमुखसँग तिन घण्टा सम्म बस्दा पनि कुनै निष्कर्ष ननिस्ने पछि ताला बन्दी गर्न बाध्य भयौँ । ”

सो संकायमा पढाउने प्राध्यापक , क्याम्पस र विश्वविद्यालयको उचित समन्वय नहुँदा विद्यार्थीहरूलाई भाषाको कुरामा समस्या आएको मल्ल बताउँछन् । यस्तै सोही संकायमा अध्ययनरत पारस कठायतले सुरुबाट केही विषयहरू नेपाली माध्यमबाट पढाई भइरहेका र एक्कासि परीक्षा अंग्रेजीमा दिनुपर्ने भन्दा आफूहरू आन्दोलित भएको उनले बताए ।

सरहरूबाटै नेपालीमा लेख्न पाउँने भनेर हामीलाई जानकारी गराईयो सोही अनुसार आफूहरू तयारीमा लागौँ तर अहिले आएर अंग्रेजीमा अनिवार्य लेख्न पाउनुपर्ने भनेपछि समस्या आएको उनको भनाई छ । यस्तै सोही क्याम्पसमा अध्ययनरत देवराज अवस्थी र गणेस जोशीको भनाई पनि उस्तै छ । क्याम्पस र विश्वविद्यालय आफूहरूको भविष्यप्रति गम्भीर नहुँदा क्याम्पसमा ताला लगाईको उनीहरूले बताए ।

  • यस्तो छ भाषा बाहेकका मागप्रति विद्यार्थीको भनाई

विश्वविद्यालयको क्यालेन्डर अनुसार परीक्षा अबको १५÷२० पछि सञ्चालन हुँदै छ । असोज ७ गतेसम्म डबल दस्तुर सहित परीक्षाको फर्म भर्ने मिति तोकिएको छ । भने विश्वविद्यालये जसरी पनि भौतिक उपस्थितिमै फूलपातीको दिनसम्म स्नातक पहिलो वर्षका सबै परीक्षा सम्पन्न गर्ने रणनीतिमा रहेको बुझिएको छ ।

यदि यसो हुँदा विद्यार्थीहरू प्रत्यक्ष मर्कामा पर्ने बताउँछन् । विद्यार्थी निशा कठायतले हालसम्म अनलाइन बाट पढाई भएको र परीक्षा पनि अनलाइनबाट हुनुपर्ने बताइन् । विद्यार्थी मनोज पुनमगरले क्यालेन्डर अनुसार पढाई नभएकाले परीक्षाको मिति पनि सारिनुपर्ने माग राखे । बीए एलएलबीमा पढाई सञ्चालन भएको पाँच महिना पुग्दा सम्म पाठ्यपुस्तक समेत नपाएको उनले बताए ।

यहाँका स्थानीय बजारमा किताबहरू नपाइने र कलेजलाई छिटो सबै पाठ्यपुस्तक उपलब्ध गराउँछ माग राख्दा समेत कुनै सुनुवाइ नहुदा यो निर्णय गरिएको उनले बताए ।

यसबाहेक कम्तीमा पनि परीक्षा सञ्चालन गर्नुपुर्व एक महिना भौतिक कक्षाहरू सञ्चालन गरेर मात्रै परीक्षा गरिनुपर्ने माग विद्यार्थीहरूको छ । यी मागहरू पुरा नगरिए यसबाहेक जस्तोसुकै आन्दोलनमा उत्रिने विद्यार्थीहरूको चेतावनी रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार