हामी पदका पछाडी दगुर्दैनौँ : शाह

प्रकाशबहादुर शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका छन् ।

मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजिनामा बुझाएपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै एमाले संसदिय दलका नेता समेत रहेका प्रकाश शाहले सरकारलाई दिएको समर्थन फिर्ता लिने बिषयमा दलले छलफल गर्ने बताए । हालसम्म एमालेले मुख्यमन्त्री ज्युलाई समर्थन गरेकै छ उनले भने ‘अब के गर्ने भनेर हाम्रो दलले निर्णय गर्ने छ, केन्द्रको सर्कुलर अनुसार निर्णय गर्ने छौँ ।’

संघ देखी प्रदेशको राजनिति समेत फेरबदल भइसकेका कारण आफुहरुले पदमा नबस्ने निर्णय गरेको शाहले बताए । हामी पदका लागी भन्दापनि मुल्य र मान्यताका आधारमा राजनिति गर्छौँ उनले भने ‘देशलाई अस्थिरता तर्फ धकेल्नेगरी सरकारले ल्याएको राजनितिक बिभाजन सम्बन्धि अध्यायदेश गलत थियो त्यो अध्यायदेशले एमालेलाई फुटायो हामी एमालेलाई बिभाजन तर्फ भन्दापनि एमालेलाई मिलाउने तर्फ केन्द्रित भएका छौँ ।’

सुदूरपश्चिम प्रदेशमा कोही मन्त्री खानका लागी एमाले छोड्न लागेपनि हामीले पद त्यागेर पार्टी बचाउन लागेका छौँ उनले भने ‘हाम्रो लोकतन्त्रमाथी प्रहार गर्नेका पक्षमा हामी लाग्दैनौँ हाम्रो पार्टी फुटाउने तर्फ हामी जाँदैनौँ ।’ पार्टी बिभाजनले लोकतन्त्र कमजोर हुने भन्दै उनले आफुहरुले पद त्यागेरपनि मुल्य मान्यताको राजनितिमा केन्द्रित भएको बताए । यस्तो बिषम परिस्थितीमा प्रदेश सरकारमा रहेर काम गर्ने अवस्था असहज भयो उनले भने ‘देश र जनताको पक्षमा काम गर्नका लागी लागिरहेका बेला राजनितिक अस्थिरता श्रृजना भयो त्यस कारण हामीले राजिनामा दिएका छौँ ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार