प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति देउवाका छोरा पनि राजनीतिमा

देउवाका छोरा पनि राजनीतिमा

धनगढी : प्रधानन्त्री एवंम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले पार्टीको सदस्यता लिएका छन् ।

२६ वर्षीय देउवाले गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ को वडा कमिटिको सिफारिसका आधारमा नेपाली काँग्रेसकै सदस्यता लिएका हुन् ।

काँग्रेसबाट निर्वाचित भएका वडाध्यक्ष चेतराज पनेरुले कुल एक सय ८० जना मध्ये ९६ जना नयाँ सदस्य थपिएको बताउँदै त्यसमा प्रधानमन्त्री देउवाका छोरा जयवीरसिंह देउवा पनि परेको बताए । बेलायतको युनिभर्सिटी अफ न्यूयोर्कबाट राजनीति शास्त्रमा एमए गरेका उनले काँग्रेसको क्रियाशिल सदस्यता लिनुलाई चासोका साथ हेरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार