बिपी कोइरालाको १०८ औँ जन्म जयन्तीको अवसरमा नेविसंघद्धारा दीप प्रज्वलन 

बिपी कोइरालाको १०८ औँ जन्म जयन्तीको अवसरमा नेविसंघद्धारा दीप प्रज्वलन 

कञ्चनपुर : नेपाली काँग्रेसका संस्थापक नेता एवम् प्रथम जन निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०८ औँ जन्म जयन्तीको अवसरमा नेविसंघ सुदूरपश्चिम विश्वविद्यालयले दीप प्रज्वलन गरेको छ।

नेविसंघ सुदूरपश्चिमाञ्चल विश्वविद्यालय का नेता प्रेम रावलको नेतृत्वमा भएको कार्यक्रममा कार्यक्रम सञ्चालन प्रेम रावलले गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस कञ्चनपुरका पूर्व पार्टी सभापति अन्तराम भट्ट ,पार्टी सचिव ईश्वरी जोशी ओझा, नेविसंघ वर्तमान महामन्त्री तथा भीमदत्त नगरपालिका नगर सभापतिका उम्मेदवार अच्युत कलौनी, नेविसंघ केन्द्रीय सदस्य प्रकाश थापा, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय इंजीनियरिंग संकायबाट नेतृत्व गर्दै रबिन खड्का, नेवि संघ नेता कैलाश जोशी लगायत सम्पूर्ण जिल्ला कार्यसमिति,क्षेत्रीय कार्यसमिति,नगर कार्यसमितिको उपस्थिति रहेको थियो।

नेवि संघ नेविसंघ सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आयोजनामा भएको दीप प्रज्वलन कार्यक्रममा ज्ञात अज्ञात सहिद प्रति एक मिनेट मौन धारणसमेत गरिएको तियो ।

कार्यक्रममा उपस्थित नेता तथा कार्याकर्ताहरुले बिपी कोइरालाले नेपालमा प्रजातन्त्र स्थापनाका लागि गरेको योगदानका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा बोल्दै वक्ताहरूले नेपालमा आएको गणतन्त्र र प्रजातन्त्र स्थापनामा बिपीको योगदानको कसैसँग तुलना गर्न नसकिने बताएका थिए ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तलाई आत्मसात् गरी आफ्नो राजनीतिक यात्रामा राष्ट्रिय मेलमिलापको नीतिलाई सर्वोपरि मानेका कोइरालाको योगदान वर्तमानमा पनि उत्तिकै महत्त्वपूर्ण ठानिएको छ ।

नेपालको जारी संविधान निर्माण प्रक्रिया र राजनीतिक अस्थिरतामा बिपीको आदर्श, मूल्य र मान्यता अझ सान्दर्भिक रहेको छ ।

विसं १९७१ भदौ २४ गते जन्मेका कोइराला नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्रीका साथै नेपाली साहित्य जगतमा पनि विशिष्ट व्यक्तित्वका रूपमा स्थापित भए ।

विसं २०१५ सालको आम निर्वाचन पश्चात् १८ महिना नेपालका प्रधानमन्त्री बनेका कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा लामो समय नेतृत्व गरेका थिए ।

भारतमा रहँदा तत्कालीन समयमा चलेको स्वतन्त्रता आन्दोलनबाट प्रभावित स्वर्गीय कोइरालाले सो आन्दोलनमा सक्रिय रहनुका साथै नेपाली राष्ट्रिय काँग्रेसको स्थापना गरेकोमा त्यो पछि गएर नेपाली काँग्रेस पार्टीमा रूपान्तरित भएको थियो ।

विसं २००३ सालमा विराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेका कोइरालाको नेतृत्वमा २००७ सालको क्रान्तिले सफलता प्राप्त गरेको थियो ।

विसं २०१७ साल पुस १ गतेको राजा महेन्द्रको कदम पश्चात् कुनै मुद्दा बिना नै आठ वर्ष कैदमा राखिएका कोइरालाले तत्पश्चात् लामो समयसम्म निर्वासनमा बसेर २०३३ सालमा राष्ट्रिय मेलमिलाप नीतिका साथ स्वदेश फर्किएका थिए ।

साहित्यकार कोइरालाका तीन घुम्ती, सुम्निमा, नरेन्द्र दाइ, मोदिआइन, हिट्लर र यहुदी र बाबु, आमा र छोरा उपन्यास प्रकाशित छन् ।

कोइरालाका दोषी चस्मा, श्वेत भैरवी कथा सङ्ग्रहका साथै आˆनो कथा र जेल जर्नल आत्मवृत्तान्त एवम् जीवनी सङ्ग्रह प्रकाशित छन् ।

नेपाली भाषा साहित्यमा यौन मनोविज्ञानलाई भित्र्याइएका कोइरालालाई मनोवैज्ञानिक कथाहरूको नयाँ प्रयोग गर्ने साहित्यिक व्यक्तिको श्रेय पनि जान्छ ।

कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार