पत्रकार हुँ भन्दै व्यापारीलाई धम्क्याएर पैसा लिने दुई जना पक्राउ

पत्रकार हुँ भन्दै व्यापारीलाई धम्क्याएर पैसा लिने दुई जना पक्राउ

कञ्चनपुर: कञ्चनपुरमा पत्रकार हुँ भन्दै पैसा असुलेको आरोपमा दुईजना पक्राउ परेका छन्। आफूलाई नाइस टेलिभिजको रिपोर्टर बताउने गोविन्द विसी र सन्तोष भट्टलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुले महेन्द्रनगरको साई मोवाइल केयरका सञ्चालक अवदेश श्रीवास्तवलाई धम्काएर २५ हजार रुपैयाँ लिएको आरोप लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

उक्त भिडिओ पनि सार्वजनिक भएको छ। व्यापारीको गुनासोपछि सोधपुछका लागि दुबै जनालाई प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता  प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए।

उनीहरुले मोवाइल पसल दर्ताबिना चलाएको भन्दै दुई लाखबाट बार्गेनिङ गरेर २५ हजार नगद र दुई वटा पावरबैंक लगेको व्यापारीले बताएका छन्। भारतको वनवासाका श्रीवास्तवले नेपाली केटीसँग विहे गरेर श्रीमतीको नाममा मोवाइल पसल दर्ता गरेर चलाउँदै आएका भए पनि उनीहरुले भारतीय नागरिकको नाममा पसल दर्ता गर्न नमिल्ने भनेर रकम असुलेको बुझिएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार