नेकपा एस कैलालीको प्रथम बैठक सम्पन्न , समानन्तर कमिटी नै समाहित

सुदूरपश्चिम प्रदेशगृहपृष्ठ सुदूरपश्चिम प्रदेश नेकपा (एकीकृत समाजवादी) कैलालीको प्रथम बैठक सम्पन्न , समानन्तर कमिटी नै समाहित नेकपा (एकीकृत समाजवादी) कैलालीको प्रथम बैठक सम्पन्न , समानन्तर कमिटी नै समाहित

धनगढी : नेकपा एमाले बाट निर्वाचित दीर्घ सो डारी नेतृत्वको समानन्तर कमिटी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा समाहित भएको छ । शुक्रवार धनगढीमा बसेको समानान्तर कमिटीको बैठकले एमाले छोडेर माधव नेपाल पक्षीय नेकपा ९एस० मा परिणत गर्ने निर्णय गरेको कमिटीका सचिव विमल जोशीले बताए ।

दीर्घ सो डारी अध्यक्ष रहेको १५१ सदस्यीय समानान्तर कमिटी नेकपा (एस) मा गएको हो । निर्वाचित ९६ सदस्यीय कमिटीका ५६ जना नेकपा (एस) मा गोलबद्ध भएका छन् ।

यसैबिच शुक्रवार नै नेकपा (एस) को प्रथम बैठक बसेको छ । केन्द्रीय सदस्य माया भट्टको प्रमुख आथित्यतामा भएको बैठकमा पुराना नेता दिनेश चन्द्र सुवेदी, हनुमान चौधरी, तत्कालीन एमालेका प्रदेश कमिटी सदस्य लक्ष्मण कुँवर, कलावती जोशी, हिक्मत कुँवर लगायतको उपस्थिति छ । सुवेदी र चौधरीले बैठकमा उपस्थित सहभागिताले आफूहरू उत्साहित भएको बताए ।

बैठकमा सोडारीले आफूहरूकै पहलमा पहिलो पटक कैलालीमा स्थानीय तह, संघ र प्रदेशमा पहिलो पार्टी भएको इतिहास रहेको बताउँदै सक्रियता र एकताबद्ध भए अझै बलियो पार्टी बनाउन सक्ने दाबी गरे ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार