“मेरो घर” : दिनेश रावल

दिनेश रावल

✍️दिनेश रावल

“मेरो घर” 

सानो आँगन आँगनमा अनेक जाती फुलहरू फुलेका
सानो गोठ अनि झमेलाको घर
त्यही सानो आँगनमा अनेक जाती पाल्तुहरू डुलेका
पूर्वमुखी मोहडा भएको
सूर्यको पहिलो झुल्को सिधै घर आँगनमा पर्ने
सानो अनि राम्रो मेरो घर

जन्मेको त्यहीँ देखिन अस्पतालहरू
हुर्केको त्यहीँ देखिन सहरहरू
त्यही माटोमा हुर्केको
त्यही माटोमा खेलेको
जो सङ्ग सर्वस्व गाँसिएको छ
त्यही हो सानो अनि राम्रो मेरो घर

एउटा गोठ एउटा झमेला
औँला पाँच एक हत्केला
घरमा छ जना सदस्यको झमेला
छ जना मात्रै होइन पुरै
जयबजगत त्यहीँ वरपर छ जस्तो लाग्छ
सेतो,रातो,झालेमाले देखिने मेरो घर

आँगनमा खेल्दै हुर्केको
आँगनमै बारम्बार हुर्केको
सयौँ खेलहरू खेलेको अनमोल रङ्गशाला
बिताए सारा बाल्यकाल नाच्दै र फिर्दै
हाँस्दै र गाउँदै त्यही प्यारो आँगनमा
हजारौँ रङ्गशाला भयेको त्यो सानो घर, मेरो घर

समय बित्दै गयो
घर बुढो हुँदै गयो
ममी बुवाले छोरा गुमायो
घरले मालिक गुमायो
मालिक आउने आशामा पर्खिरहेको
त्यो घर,बूढो घर, मेरो घर

बाल्यकालको साथी
सर्वस्वभन्दा माथि
आमाबाबुको साथी
जीवनको सारथि
बचायो अनेक समस्यामाथि
फर्किजाँदा, पारदर्शी ऐना भयेको छ
सानो,झालेमाले,रङ्गीचङ्गी,बालापनको घर, मेरो घर

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार