लागुऔषध सहित कञ्चनपुरमा २ जना पक्राउ

पक्राउ

कञ्चनपुर: लागुऔषधसहित कञ्चनपुरमा २ जना पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत मातहत बोर्डर आउट पोष्ट झिलमिला र प्रहरी चौकी झिलमिलाबाट खटीएको संयुक्त टोलीले २ जनालाई पक्राउ गरेको हो। जिल्लाको बेलडाँडी गाउपालिका ४ कान्छीबजारबाट वडा नम्बर १ बस्ने अन्दाजी १८ वर्षीया सुदिप बिष्ट र वडा नम्बर २ का अन्दाजी १८ वर्षीया संजय बिष्ट पक्राउ परेका हुन्।

उनहिरुको साथबाट अन्दाजी ८ सय मिलिग्राम ब्राउन सुगर फेला पारी ब्राउन सुगरसहित दुबै जनालाई आवश्यक कारबाहीको लागी ईलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको गणले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार