विषालु सर्पले टोक्दा अछाममा एक बालकको ज्यान गयो

सर्पको टोकाइ

अछाम : अछाम जिल्लामा विषालु सर्पले टोक्दा एक जना बालकको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ३ हिच्माका ११ वर्षीय बालक गणेश बुढाको विषालु सर्पले टोक्दा मृत्यु भएको हो ।

सोमवार बिहान करिब ४ बजे तिर घरमा सुतिरहेको अवस्थामा उनलाई सर्पले टोकेको मृतकका आफन्त नमराज बुढाले बताउनुभएको छ ।

मृतक बुढालाई उपचारका लागि अस्पताल लैजाने तयारी गर्दा गर्दै बालकको मृत्यु भएको अछाम प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार