नेकपा एस ले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन गर्ने !

नेकपा एस ले सुदूरपश्चिम सरकारलाई समर्थन गर्ने

धनगढी : नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको छ ।

नेकपा एमाले विभाजन भएपछि पहिलो पटक सोमबार धनगढीमा बसेको संसदीय दलको बैठकले माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको हो ।

प्रदेशसभा सदस्य दुर्गा विकले ज्येष्ठ सदस्य बलबहादुर सोडारीको अध्यक्षतामा बसेको पहिलो बैठकले प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको जानकारी दिइन् । विकले संसदीय दलको विधान बनाउनका लागि तीन सदस्यीय समिति समेत गठन गरिएको पनि बताइन् ।

यसै गरी एकीकृत समाजवादीलाई प्रदेशसभाको सबैभन्दा ठुलो दल बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिएको छ । संसदीय दलको नेता चयनका सम्बन्धमा बैठकमा सामान्य छलफल भए पनि टुङ्गोमा पुग्न नसकेको बताइएको छ । एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको अर्को बैठक मङ्गलवार दिउँसो पनि बस्नेछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार