बैतडीमा गुडिरहेको बसमाथिबाट खसेको ढुङ्गा लागेर १ जनाको मृत्यु, ३ घाइते

उपचारका लागि डडेल्धुरा लगियो

गुडिरहेको बसमाथिबाट खसेको ढुङ्गा

बैतडी : बैतडीमा गुडिरहेको बसमाथिबाट खसेको ढुङ्गा लागेर १ जनाको मृत्यु भएको छ । भने ३ जना घाइते भएका छन् ।

गए राती साढे १ बजे खोडपे–बझाङ जोड्ने जय पृथ्वी राजमार्ग अन्तरगतको पाटन नगरपालिका ८ स्थित झौलेक मोडमा महेन्द्रनगरबाट बझाङ गइरहेको सुप २००१ ख ११५६ नं को बसमाथिबाट ढुङ्गा खस्दा बझाङको थलारा गाउँपालिकाका अन्ताजी २० वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको खोडपे प्रहरी चौकीले जनाएको छ ।

घाइते हुनेमा बझाङकै जयपृथ्बी नगरपालिकाका ४० वर्षीय हरि प्रसाद जोशी सोही नगरपालिकाका ३६ वर्षीय नवराज खड्का र बस साहु समेत रहेका धनगढी उपमहानगरपालिका ४ का २८ वर्षीय माधव प्रसाद खड्का रहेका छन् ।

उनीहरूलाई उपचारका लागि डडेल्धुरा लगिएको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज राजेश शाही जानकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार