‘बच्चा एक बहुमूल्य उपहार’ : खगेन्द्र धामी

खगेन्द्र धामी

सृष्टिको सबै भन्दा ठुलो उपहार?
के हो भनेर सोध्यो कसैले,
मैले भने बच्चा!
तिमीलाई अचम्म लाग्यो होला।
बच्चा सबै भन्दा बहुमूल्य सम्पत्ति,
अनि उपहार सुनेर!
तर बच्चा नै बहुमूल्य उपहार हो!!
जो तिमी कहिल्यै थाहा पाउन सक्दैनौ!!
यदि थाहा पाउने कोसिस गर्‍यौ भने त्यो हो बच्चा!!

हो बच्चा मायाको एक निशानी,
नयाँ जीवन को एक थालनी,
नयाँ संसार सँगको समायोजन
कोपिला भित्रको एक फुल,
चुँड्न डर लाग्ने एक फुल,
अनि चुँडे पाप लाग्ने डर हुन्छ नि,
हो त्यही फुल हो बच्चा!!

अनि अर्को कुरा
नयाँ जीवनको अवधारणामा,
जुन चमत्कार हुन्छ नि,
हो त्यो चमत्कार तिमी बच्चामा पाउँछौ,
संसार जित्ने साहस तिमी बच्चा बाट पाउँछौ
कुनै कमाउने आँट तिमी बच्चा बाट पाउँछौ,
पुरै संसार तिमी बच्चामा पाउँछौ,
र भगवानको रूप तिमी बच्चामा पाउँछौ!!

बच्चा एक यस्तो खजाना हो,
जो तिम्रो हरेक अँगालोमा फस्टाउँछ,
तिम्रो हरेक चुम्बनमा फस्टाउँछ,
तिम्रो एउटा सद्भावमा फस्टाउँछ,
र तिम्रो एउटा हौसला फस्टाउँछ!!
त्यस कारण उसलाई नजिक समाऊ,
र गाइदेऊ “Happy Children’s Day”
किनकि त्यो केही समयको बच्चा हो!

उ सँग सधैँ सफा डाइपर नहोला,
फोहोर होला,
दिसा पिसाब होला,
भिजेको होला,
तर एक मायालु र सुन्दर मुस्कान हुनेछ,
र त्यो मुस्कानले तिमिलाई सधैँ खुसी दिनेछ!!

✍️खगेन्द्र धामी

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार