‘नेता रावल सँग मेरो कुनै मतभेद छैन, सभामुख सापकोटा प्रचण्डको कार्यकर्ता हुन्’ : नेता भट्ट

एमाले सुदूरपश्चिम इन्चार्ज आफू नै रहेको दाबी

लेखराज भट्ट

कञ्चनपुर : नेकपा एमालेका नेता लेखराज भट्टले आफू नै पार्टीको सुदूरपश्चिम प्रदेश इन्चार्ज भएको बताएका छन् । मंगलबार प्रेस चौतारी कञ्चनपुरले पार्टी कार्यालय महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टले आफू नै सुदूरपश्चिम प्रदेश पार्टीको इन्चार्ज भएको बताएका हुन्।

‘मलाई अध्यक्षज्यूले तपाईं नै प्रदेशको इन्चार्ज भनेको हो,’ उनले भने, ‘भीम रावललाई संयोजन गर्ने जिम्मेवारी हो, मेरो भीम रावलसँग कुनै मतभेद छैन।’ उनले आफूलाई पार्टीले प्रदेश इन्चार्जको जिम्मेवारी दिएकाले भ्रममा नपर्न आग्रह गरे।

एमाले सदूरपश्चिम इन्चार्जको विषयलाई लिएर पार्टी भित्र रावल र भट्टबीच विवाद भएको चर्चा चलिरहेका बेला उनले विवाद नभएको जिकिर गरेका हुन् ।

फरक प्रसँगमा बोल्दै भट्टले सभामुख अग्निप्रसाद सापकोटा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकर्ता भएको उल्लेख गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार