सुदूरपश्चिम प्रदेश सभामा ‘नेकपा एस’ को संसदीय दलको कार्यालय स्थापना

सुदूरपश्चिम प्रदेश सभामा 'नेकपा एस' को संसदीय दलको कार्यालय

धनगढी : सुदूरपश्चिम प्रदेश सभामा नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको कार्यालय स्थापना भएको छ ।

बिहीबार दलका नेता दीर्घ सोडारीले सो बोर्ड लगाएर दलको कार्यालय उद्घाटन गरे । सो अवसरमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी सहित र प्रदेश सभा सदस्यहरुको उपस्थिति थियो ।

प्रदेश सभा भवन नजिकै रहेको सो दलको कार्यालय पहिले एमाले र माओवादी मिल्दा बनेको नेकपाले प्रयोग गरेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार