एमालेलाई माधव नेपालको आवश्यकता छैन : अध्यक्ष ओली

एमाले अध्यक्ष केपी ओली

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई माधव नेपालको आवश्यकता नरहेको बताएका छन् । विहीबार काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अब पार्टीलाई माधव नेपालको आवश्यकता नरहेको बताएका हुन् ।

अध्यक्ष ओलीले माधव नेपाललाई ‘पार्टीमा फर्किनुस्’ भन्ने नेताहरूलाई नै प्रश्न गर्दै भने, ‘अझै पनि हाम्रा केही कमरेडहरूले माधव कमरेड आउनुस् भन्दै हुनुहुन्छ । फेरि किन आउने ? फेरि पार्टी फुटाउन ?’

उनले थप भने, ‘माधव नेपालको आवश्यकता किन ? म बुझ्दिन ।’ त्यस्तै उनले पार्टीमा भइन्जेल माधव नेपालले कहिल्यै पनि पार्टी र सरकारको पक्षमा नबोलेको पनि दाबी गरे । त्यस्तै माधव नेपालले साढे ३ वर्षसम्म पार्टीमा गुटबन्दी गर्ने र पार्टीलाई सिध्याउने बाहेक कुनै काम नगरेको पनि उनको आरोप छ ।

एमालेलाई सिध्याउन माधव नेपालले विपक्षीसँग साँठगाठ गरेको आरोप लगाउँदै भने, ‘नराम्रो नभनौं, प्रतिक्रियावादी काम माधव नेपालजीको नेतृत्वमा भयो । यो पार्टी सिध्याउन उहाँले कुनै कसर बाँकी राख्नुभएन ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार