SKIP THIS

धनगढी उप-महानगरपालिका

सशस्त्र प्रहरीद्धारा कैलालीमा अवैध सामान बरामद

डेढ लाखभन्दा बढी मुल्य बराबरका अवैध सामान बरामद

सामान बरामद
फाइल तस्बिर

धनगढी : कैलालीमा सशस्त्र प्रहरीले अवैध सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वाटर कैलाली मातहतको कालाकुण्डा मातहत बिओपीबाट खटिएको टोलीले टीकापुर नगरपालिका वडा नम्बर–७ सोनाफाँटामा उक्त सामान बरामद गरेको हो ।

भारतबाट अवैध रुपमा भित्र्याइएका १ लाख ६३ हजार मूल्य बराबरका कोट पाइन्टको कपडा बरामद गरेको विओपिले जनाएको छ ।

बरामद सामान आवश्यक कारबाहीका लागि सत्ती भन्सार कार्यालय खक्रौलामा बुझाएको कालाकुण्डा विओपिले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार