बोर्डिङ स्कुलका शिक्षक कोदो बारीमा मृत फेला

मृत्यु
प्रतिकारात्मक तस्बिर

बाजुरा : बाजुराको कोल्टीस्थित एक बोर्डिङ स्कुलका शिक्षक मृत फेला परेका छन् । बुढीनन्दा नगरपालिका–२ कोल्टीस्थित सुजन बोर्डिङ स्कुलका शिक्षक मृत फेला परेका हुन्।

कञ्चनपुरको पुनर्बास नगरपालिका–५ ‘ग’ गाउँ घर भइ सुजन बोर्डिङ स्कुलमा पढाउँदै आएका ३५ वर्षीय गणेश रेग्मी आइतबार मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।

उनीको बुढीनन्दा नगरपालिका–१ सेरकोट चौरबाट करिब १५० मिटर टाढा कोदोबारीमा मृत फेला परेका प्रहरीले जानकारी दिएको छ। कसैले हत्या गरेर उनको शव कोदो बारीमा फालेको आशंकमा अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार