कैलालीमा वन मुद्दामा ५ वर्ष देखि फरार एक अभियुक्त पक्राउ

जेल चलान

धनगढी : कैलालीमा वन मुद्दामा ५ वर्ष देखि फरार एक अभियुक्त पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालतबाट ५ महिना १० दिन कैद र बिस हजार जरिवाना तोकिए पश्चात् विगत ५ वर्ष देखि फरार रहेका अभियुक्तलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलालीको कैलारी गाउँपालिका वडा नं. १ का ५२ वर्षीय राजकर्ण कठरिया रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

२०७३ साल असोज १२ गते देखि फरार कठरियालाई कैलाली जिल्ला अदालतबाट ५ महिना १० दिन कैद र बिस हजार जरिवाना भएको थियो ।

उनलाई आवश्यक प्रक्रिया पश्चात् कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार