कैलालीमा सडेको अवस्थामा एक पुरूषको शव फेला

मृत्यु

धनगढी : कैलालीमा एक पुरूषको शव फेला परेको छ । कर्णाली नदीको किनारमा उक्त शव फेला परेको प्रहरीले जनाएको हो।

सोमबार जिल्लाको जानकी गाउँपालिका–९ शिवशक्ति सामुदायिक वन नजिकै अन्दाजी ४५ वर्षीय पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सडेको अवस्थामा फेला परेको शवको सनाखत भएको छैन। शवको पहिचान खुलाउन विभिन्न ठाउँमा पत्राचार गरिरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार