व्यक्तिगत रिसिइबी र सम्पत्तिका लागि झापामा एक महिलाको विभत्स हत्या

झापामा महिलालाई टुक्रा टुक्रामा गिँडियो
प्रकाशित : :

व्यक्तिगत रिसिइबी र सम्पत्तिका लागि झापामा एक भारतीय महिलाको विभत्स हत्या भएको छ । झापा गाउँपालिका १, माइती भई भारतको सिंघीमारी ग्राम पञ्चायत बस्ने डोली भन्ने धोन्नी टुडुलाई धेरै टुक्रा पारेर फ्याँकिएको अनुसन्धानबाट खुलेको छ ।

स्थानीय सानो माइखोलामा गत भदौ २५ गते धोन्नी टुडुको अर्ध शरीरको टाउको, घाँटी, पेट र कम्मरभन्दा माथिको भाग तथा घुँडाभन्दा मुनीको भाग नभएको अवस्थामा शव फेला परेको थियो ।

जग्गाको विषयमा पारिवारिक विवाद हुँदै आएकोमा भदौ २५ गते आफन्तले टुडुलाई माइखोला किनारमा लगि शरीरको विभिन्न भाग काटेर खोलामा फालेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उक्त अपराधमा संलग्न भएको आरोपमा पक्राउ पर्नेहरूमा भारत किसनगञ्ज सिंघीमारी ग्राम पञ्चायतका २३ वर्षीय ऐतवार सोरेन, झापा गाउँपालिका १, का ३७ वर्षीय लखन टुडु सतार, ५६ वर्षीय सिरी साईला भन्ने सोमाई हेमरम सतार र २७ वर्षीय हेमरम सतार छन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट