गायिका इन्दिरा जोशीसँग इंगेज्मेन्ट गर्ने केडिया को हुन् ?

इन्दिरा जोशी

काठमाडौं : गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इंगेज्मेन्ट गरेकी छन् । उनीहरु हेलिकोप्टरमा खुम्बु पुगेर औंठी साटासाट गरेका हुन् ।

उनीहरुबीच पछिल्लो दुई वर्षयता प्रेममा रहेको बताइन्छ । इन्दिराले शरदले आफूसँग बिहे प्रस्ताव राखेको र आफूले ओके भनेको आफ्नो फेसबुक स्टाटसमा पोस्ट गरेकी छन् । उनले शरदले आफूलाई औंठी लगाइदिएको विभिन्न तस्बिरहरूसमेत पोस्ट गरेकी छिन् ।

‘लूट’ फिल्मको आइटम गीत उध्रेको चोली…बाट चर्चामा आएकी गायिका इन्दिरासँग इंगेज्मेन्ट गरेका शरद पेसाले फेसन डिजाइनर हुन् । काठमाडौ, नक्सालमा फेसन स्टोर चलाइरहेका उनी विभिन्न नयाँ डिजाइनका डे«स तयार पार्न माहिर छन् ।

फेसन डिजाइनिङकै क्रममा करिब चार वर्षअघि इन्दिरा र शरदको भेट भएको थियो । व्यापारिक घराना केडिया ग्रुपका सदस्य शरद र इन्दिराबीचको मित्रता विस्तारै प्रेममा बदलिँदै गएको बताइन्छ । उनीहरूबीचको प्रेमको सामीप्यता यति बढ्यो कि उनीहरू दुई वर्षयता बुढानिलकण्ठस्थित एक अपार्टमेन्टमा सँगै बस्ने गरेकोसमेत उनीहरूका निकटवर्तीहरू बताउँछन् ।

विशेष गरी आइटम गीतका कारण चर्चामा छाउने गरेकी इन्दिरा पछिल्लो समय नेपाल आइडलकी एक निर्णायकका रूपमा समेत रहँदै आएकी थिइन् । शरद भने फेसन डिजाइनका कारण नेपाली महिला सेलिब्रेटीमाझ परिचित छन् । शरद र इन्दिराले बिहे चाहिँ कहिले गर्छन् भन्ने खुलाइएकाे छैन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार