सुदूरपश्चिम प्रदेशमा छैन मुटु रोग उपचार अस्पताल

Mutu

धनगढी । सुदूरपश्चिम प्रदेमा बर्सेनि मुटु रोगका बिरामी बढ्दै गए पनि सरकार मातहत प्रदेशमा एउटा पनि मुटु सम्बन्धी अस्पताल छैन । अहिले सम्म सुदूरपश्चिम प्रदेशमा मुटुसम्बन्धी रोगका कुनै पनि बिरामी फेला परेमा स्थानीय तहको रोहबरमा काठमाडौँ लगायतका अस्पतालहरूमा रेफर गरिँदै आएको छ ।

मुटु रोग सम्बन्धी बिरामीहरू बारे सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय सँग यकिन तथ्याङ्क नभए पनि पनि स्थानीय तह हरुले गरिरहेको रेफर रिर्पोटको आधारमा मुटु रोगका बिरामीहरू बढ्दै गएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थिका अनुसार सुदूरपश्चिम प्रदेशमा अस्वास्थ्य खानपिन र अस्तव्यस्त बानी ब्यहोराले गर्दा मानिसहरूमा दैनिक मुटु रोगको सङ्क्रमणको जोखिम बढ्दो क्रममा रहेको छ ।  निर्देशक अवस्थिले भन्नुभयो, ‘अत्यन्तै अस्वस्थ कर बानी ब्यहोरा, धूम्रपान मद्यपानको बढ्दो प्रयोग, नुन मसला बढी प्रयोग गरिएका खानपिनले गर्दा मुटुको रोग लाग्ने सम्भावना एकदमै बढ्दो रहेको छ ।’

त्यस्तै, निर्देशक डा. गुणराज अवस्थितले सुदूरपश्चिम प्रदेशमा मुटु रोगको उपचार गर्ने छुट्टै अस्पताल नभए पनि सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले मुटु रोगको प्राथमिक उपचारको लागी स्वास्थ्य कर्मीहरूलाई तालिम दिने आइसियु, एन आइसियु लगायता विभिन्न सेवाहरू दिइरहेको जानकारी दिनुभएको छ ।

उहाँले मुटु नै शरीरको मुख्य अङ्ग रहेको बताउँदै हरेक नागरिकले मुटु स्वास्थ्य राख्नको लागी शारीरिक व्यायाम, योग, कसरतमा ध्यान दिने,  स्वास्थ्य वर्द्धक खाना खाने र आफ्नो जानकारीमा आएका मिडियाहरूमार्फत सुनेका स्वास्थ्य सन्देशहरूको सक्दो अनुसरण गर्न आग्रह गर्नुभयो । ‘अहिले सुदूरपश्चिममा मुटु सम्बन्धी उपचार गर्ने अस्पताल नभएको हुँदा हरेक व्यक्तिले आफ्नो स्वास्थ्य प्रति जिम्मेवार हुन जरुरी छ । कोभिड पछि स्वास्थ्य निर्देशनालयले सुदूरपश्चिमका सबै जिल्लाहरूमा आइसियु र भेन्टिलेटरको व्यवस्था र ती मेसिनहरूलाई सञ्चालनमा ल्याउनको लागी हरेक अस्पतालको एक जना डाक्टर र एक जना स्टाफ नर्सलाई तालिम दिइरहेका छौँ । मुटुमा आउने समस्या एउटा जटिल समस्या हो ।  जिल्ला तहमा सञ्चालनमा ल्याइएका आइसियु र भेन्टिलेटरले प्राथमिक उपचारमा सहयोग पुर्‍याउँछन् । भने रेफर गर्नु पर्ने स्थिति आएमा   यसले मद्दत गर्दछ  । सर्वसाधारण लाई स्वास्थ्यको तर्फबाट जानकारी गराउने प्रयासहरू जारी छन् । हरेक नागरिकले यहाँहरूको सञ्चारमाध्यमबाट जाने सुनेका स्वास्थ्य सम्बन्धी सन्देशहरू हरेकले आफ्नो व्यवहारमा उतारिदियो भने अवश्य पनि मुटु पनि बच्छ, घर परिवार पनि बच्छ यसो भयो भने सिङ्गो समुदाय जोगाउनमा मद्दत पुग्छ ।’ उहाँले भन्नुभयो ।

साथै, डा. अवस्थितले कैलालीको गेटामा लगभग भौतिक संरचना निर्माण सम्पन्न भइसकेको गेटा मेडिकल कलेजलाई जतिसक्दो चाँडो सञ्चालनमा ल्याउनु पर्ने बताउनु भएको छ । उहाँले गेटा मेडिकल सञ्चालनमा आए त्यसभित्र मुटु लगायत मानव शरीरका सम्पूर्ण अङ्गहरूको उपचारको बारेमा पढाई हुने भएकोले सुदूरपश्चिम प्रदेशमै मुटु रोगको उपचार गर्न सम्भव हुने विश्वास व्यक्त गर्नु भएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार