बझाङको बुङ्गलमा कात्तिक ३ गते देखी प्रथम बिसिसि सुपर कप २०७८ आयोजना हुने

विजेताले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ पाउने

बझाङको बुङ्गलमा प्रथम बिसिसि सुपर कप २०७८ आयोजना हुने

धनगढी : बझाङको बुङ्गल नगरपालिकामा स्वर्गीय धनबहादुर मल्ल र स्वर्गीय जय भान विष्टको सम्झनामा प्रथम बिसिसि सुपर कप २०७८ आयोजना हुने भएको छ । बुङ्गल क्रिकेट क्लबको आयोजनामा हुने सो क्रिकेट प्रतियोगिता यही कात्तिक ३ गते देखी १० गते सम्म बुंगल को वडा नंं. १ स्थित देह बगरको खेल मैदानमा हुने आयोजकले जनाएको छ ।

आज शनिवार क्रिकेटको सहर धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै बिसिसि सुपर कपको ट्रफी सार्वजनिक गरिएको छ । प्रतियोगितामा प्रथमलाई एक लाख ५१ हजार एक सय ११, दोस्रोलाई ५१ हजार एक सय ११ रुपैयाँ राखिएको छ । म्यानअफद सिरिज १० हजार, वेस्ट बलर पाँच हजार, वेस्ट व्याटम्यान, वेस्ट कप्तान, वेस्ट फिल्डर र अनुशासित टिमलाई २५ सय पुरस्कार छुट्टाइएको छ ।

कपमा बझाङ जिल्लाका टिमको मात्रै सहभागिता रहेको र एक टिममा चार जना जिल्ला बाहिरका खेलाडी हाल्न पाउने व्यवस्था गरिएको छ । भने हालसम्म १५ टिमको सहभागिता रहेको र अझै टिम थप हुन सक्ने आयोजक बुङ्गल क्रिकेट क्लबका अध्यक्ष किरण कुँवरले बताए ।

उनले, स्वर्गीय धनबहादुर मल्ल र स्वर्गीय जय भान बिस्टको सम्झनामा र उहाँहरूले बझाङवासीका लागि पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै प्रथम बिसिसि सुपर कप २०७८ को आयोजना गरिएको बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार