सुदूरका २ सिडिओ फेरिए, लामो पर्खाई पछि डोटीले पनि पायो जिल्ला अधिकारी

लामो पर्खाई पछि डोटीले पनि पायो जिल्ला अधिकारी

धनगढी : गृह मन्त्रालयले डडेल्धुराको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी मोहन जोशीलाई दिएको छ ।

कैलालीको टीकापुर ईलाका प्रशासन कार्यालयका प्रमुख रहेका जोशीलाई त्यहाँबाट डडेल्धुराको प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरेको हो ।

जोशीले यसअघि बैतडी, दार्चुला र डडेल्धुरामा प्रमुख जिल्ला अधिकारी र कैलालीमा सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा जिम्मेवारी निर्बाह गरिसकेका छन् । त्यस्तै गृह मन्त्रालयले लामो समय देखी जिल्ला अधिकारी विहीन बनेको डोटीमा भने शंकर बिष्टलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार