बैतडीको भटना र न्वादेउको बिचमा पर्ने गरी मान्टोलामा अस्थायी प्रहरी पोष्ट धौनाखोली स्थापना 

प्रहरीको उपस्थितिले सुरक्षा व्यवस्था चुस्त दुरुस्त हुने विश्वास व्यक्त

जिल्ला प्रहरी कार्यालय बैतडी
तस्बिर : जिल्ला प्रहरी कार्यालय बैतडी
धनगढी : बैतडीको भटना र न्वादेउको बिचमा पर्ने गरी अस्थायी प्रहरी पोष्ट धौनाखोली स्थापना गरिएको छ ।
शनिवार बैतडीको पुर्चौडी नगरपालिका वडा.नं. ३ न्वादेउ र वडा.नं. ४ भटना को बिचमा पर्ने मान्टोलामा अस्थायी प्रहरी पोष्ट धौनाखोली स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालले जानकारी दिए ।
पालका अनुसार अहिले अस्थायी प्रहरी पोष्ट धौनाखोलीमा प्रहरी हवलदारको कमाण्डमा ६ जनाको टोली खटाइएको छ । भने जिल्ला प्रहरी कार्यकालमा प्रहरी सहायक निरीक्षकको अभावमा हवलदारको नेतृत्वमा टोली खटाइएको र प्रहरी सहायक निरीक्षकको पदपूर्ति भए लगत्तै प्रहरी सहायक निरीक्षक (असईको) कमाण्डमा टोली खटाइने जनाइएको छ ।
समुद्घाटन कार्यक्रममा बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे प्रमुख अतिथि रहनुभएको थियो । भने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक रमेश बहादुर पाल, सशस्त्र प्रहरीका बैतडी जिल्ला प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक गणेश शाह लगायत १ सय बढी स्थिानय, सरोकारवालाहरूको उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख पालले जानकारी दिए ।
त्यस्तै, कार्यक्रममा उपस्थित स्थिानियहरुले अस्थायी प्रहरी पोष्ट स्थापना भएको मा खुसी व्यक्त गर्दै गाउँमा प्रहरीको उपस्थितिले सुरक्षा व्यवस्था चुस्त दुरुस्त हुने विश्वास व्यक्त गरेका छन् ।
May be an image of ३ people and people standing

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार