आर्थिक अभावले कैलालीका १८ वर्षीय लालबहादुरको उपचारमा समस्या

आर्थिक अभावले कैलालीका १८ वर्षीय लालबहादुरको उपचारमा समस्या

कैलाली : कैलालीका १८ वर्षीय युवक लालबहादुर बोहराको उपचारमा आर्थिक अभावले समस्या भएको छ ।

दाउरा चिर्ने बेलामा भदौ ३० गते बन्चरो लागेर दायाँ खुट्टा काटिएका गोदावरी नगरपालिका–१२ का बोहराको उपचारमा आर्थिक अभावले गर्दा समस्या भएकाले सहयोग गरिदिन अपिल गरिएको छ ।

आर्थिक रूपले विपन्न परिवारका बोहराको धनगढीस्थित सिपी अस्पतालमा खुट्टाको शल्यक्रिया गरेर डाक्टरले प्लास्टर गरिएको थियो । खुट्टाका नसाहरू काटिएर अलग भइसकेको अवस्थामा उपचार गर्दा दुई लाख ५० हजार रुपैयाँ भन्दा बढी ऋण लागिसकेको बताउँदै उनकी दिदी पार्वतीकुमारी बोहराले भाइलाई नियमित ड्रेसिङ र औषधी खुवाइरहेको तर पैसा नहुँदा समस्या भएको बताइन् ।

‘बुवा भारतमा मजदुरी गर्नूूहुन्थ्यो । त्यो पैसाले घरपरिवारलाई खान लाउन पनि धौँऔँ धौऔँ हुन्छ,’ पार्वतीले भनिन्, ‘भाइको उपचारमा दुई लाख ५० हजार जति खर्च भइसक्यो । त्यो रकम ऋण काँढेका थियौँ । अझै कति खर्च लाग्ने हो तर हामीसँग एक रुपैयाँ पनि छैन । साह्रै समस्या भइसक्यो ।’

उनले आर्थिक सहयोग गरेर आफ्नो भाइको जीवन रक्षा गरिदिन सबैसँग आग्रह पनि गरेकी छन् । उनका भाइ गोदावरी नगरपालिकाको सीमामा पर्ने डडेल्धुराको परशुराम नगरपालिकाको सिद्ध भगवती माध्यमिक विद्यालयमा ८ कक्षामा पढ्दै आएका छन् ।

बन्चरोले बोहराको खुट्टा काटिएपछि सल्लीबाट स्थानीयले उनलाई पाँच घण्टाको पैदल यात्रा गरेर गोल मुडा सम्म स्टेचरमा ल्याएका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार