यसरी मनाइयो सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा ६६ औँ प्रहरी दिवस !

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले मनायो ६६ औं प्रहरी दिवस !

धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले विभिन्न कार्यक्रम गरि ६६ औं प्रहरी दिवस २०७८ मनाएको छ । कर्तब्य पालनाको सिलसिलामा आफ्नो प्राण आहुती गर्ने अमर प्रहरी प्रति श्रद्धाञ्जली अर्पण गर्दै सहादत प्राप्त गर्ने प्रहरी परिवार र प्रहरी संगठनलाई सहयोग पुर्‍याउने विभिन्न ब्यक्ति तथा संघसंस्थालाई सम्मान गरिएको थियो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशी र सुदूरपश्चिम प्रदेश प्रहरी महिला संघकी अध्यक्ष पुष्पा कांडेलले सम्मान तथा प्रशंसा पत्र बितरण गरेका थिए ।

कर्तव्य पालनाको सिलसिलामा गत बर्ष कार्तिक १ गते धनगढी १२ जुगेडा प्रहरी चौकीबाट राति ८ बजे डिउटीमा निस्केको बेला आपराधिक समुहको आक्रमणमा परि सहादत प्राप्त गर्ने प्रहरी सहायक निरीक्षक (असई) गोबिन्द बिककी श्रीमती पुजा बिक र प्रहरी जवान रामबहादुर साँउदकी श्रीमती खिमा लामा साउदलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले निर्मला पन्त र अस्मिता धामीले न्याय पाउनुपर्ने बताएकी छन्।

त्यस्तै, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाजमा हुने अपराध न्यूनीकरणमा प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। ६६औँ प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालय धनगढीमा आयोजित कार्यक्रममा उनले प्रहरी एक्लैले मात्र समाजमा हुने गरेका सबैखाले अपराध न्यूनीकरण गर्न कठिनाइ हुने भएकाले आमनागरिकको भूमिका पनि सकारात्मक हुनुपर्ने बताका हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार