धनगढीमा आयोजित प्रदेश युवा नीति माथिको प्रारम्भिक गोष्ठीबाट आएका सुझावहरू नीतिमा समेटिने

धनगढीमा आयोजित प्रदेश युवा नीति माथिको प्रारम्भिक गोष्ठीबाट आएका सुझावहरू नीतिमा समेटिने

धनगढी : सुदूरपश्चिम प्रदेशको युवा नीति माथिको प्रारम्भिक छलफल तथा दुई दिने गोष्ठी आज सम्पन्न भएको छ । प्रदेश युवा परिषद्ले आयोजना गरेको उक्त गोष्ठीमा प्रदेशको युवा नीति निर्माण गर्दा समेट्नु पर्ने मुख्य मुख्य कार्यहरूका सन्दर्भमा सहभागीहरूबाट सुझाव संकलन गरिएको जनाइएको छ।

प्रारम्भिक गोष्ठीको पहिलो दिन समूह विभाजन गराई समूहगत रुपमा सुझाव संकलन गरिएको थियो। शिक्षा, स्वास्थ्य, श्रम रोजगार, युवा सुरक्षा, युवा सहभागिता, युवा उद्यमशीलता, नेतृत्व विकास जस्ता कुराहरूलाई प्राथमिकीकरण गरी प्रदेश विकासको मूल प्रवाहीकरणमा युवालाई समेट्नु पर्ने लगायताका सुझाव समूहबाट संकलन गरिएको परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवरले जानकारी दिए ।

प्रारम्भिक छलफलका क्रममा १६ देखि २४ वर्ष सम्म उमेर समूहका युवाहरूलाई कार्यक्रममा सहभागी गराई  युवा आंकाक्षा र उनीहरूको यस अवस्थाको चासोलाई नीतिमा कसरी समाविष्ट गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिएका हुन् ।

कार्यक्रममा  सहभागीहरूले युवाहरूले हाम्रा आवाजहरू सम्बोधन गर्ने प्रयास गरेको भन्दै खुसी व्यक्त गर्दै परिषद्लाई धन्यवाद दिएका छन् । कार्यक्रममा प्रमुख अतिथि रहेका प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले छलफलमा सहभागी युवाहरू बाट आएको सुझावलाई सम्पादन गरी अब बन्ने प्रदेशको युवा नीतिमा समेटिने आश्वासन दिए।

यसै प्रसङ्गमा उनले प्रदेश सरकारले अब छिट्टै प्रदेशकै एक मात्र बहु आयामिक तालिम हल निर्माण गरी सबै प्रकारका तालिमहरू एउटै छाना मुनि उपलब्ध हुने गरी योजना अगाडी बढिरहेको जानकारी दिए । युवाका विभिन्न क्षेत्रमा कार्यरत व्यक्ति एवम् बिद्यार्थीहरु गरी करिब ८० जना सहभागी रहेको थियो।

उक्त कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका कार्यवाहक उपाध्यक्ष मोहन देव विष्ट, प्रदेश सभा सदस्य शान्ति नेपालीले शुभकामना व्यक्त गरेका थिए । परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवरको सभापतित्व रहेको उक्त कार्यक्रमको सञ्चालन परिषद्का कार्यकारी सदस्य शेर बहादुर विष्टले गरेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार