प्रदेश सरकारको पहलमा बाजुरामा भिरबाट लडी घाइते पुरुषको हेलिकप्टर मार्फत उद्धार

हेलिकप्टर मार्फत उद्धार

गृहमन्त्री थापा कालापानी क्षेत्रमा
प्रतिकारात्मक तस्बिर फाइल

धनगढी : बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा भिरबाट लडी घाइते भएका पुरुषको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

शुक्रवार भिरबाट लडी घाइते भएका पुरुषको आज सुदूरपश्चिम प्रदेश सरकारको पहलमा नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

भिर बाट लडी घाइते भएका जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका २ बस्ने ४० वर्षीय नरेन्द्र बुढाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी घाइते पुरुषकी श्रीमती सहित ४ जना नेपालगंज पठाइएको सुदूरपश्चिम प्रदेश सरकारको प्रवक्ता समेत रहनुभएकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिनुभयो ।

घटना भएको जानकारी प्राप्त हुनासाथ उद्धारक लागी पहल गरिएको र अहिले उद्धार गरी पठाइएको बताउँदै मन्त्री जोशीले उद्धारका क्रममा लाग्ने खर्च प्रदेश सरकारले बेहोर्ने बताउनु भयो ।

मन्त्री जोशी अहिले गृह जिल्ला डोटी बाट अस्थायी राजधानी धनगढी आउँदै हुनुहुन्छ । भने उहाँले यात्राकै क्रममा भिर बाट लडी घाइते नरेन्द्रको उद्धारको लागी पहल गर्नु भएको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार