सुरक्षाको प्रत्याभूति दिलाउन कैलालीका सीमा र बसपार्क क्षेत्रमा कुकुरसहित चेकजाँच हुँदै

चाड पर्व लक्षित सुरक्षा योजना

सुरक्षाको प्रत्याभूति दिलाउन कैलालीका सीमा र बसपार्क क्षेत्रमा कुकुरसहित चेकजाँच हुँदै

धनगढी : चाड पर्वलाई लक्षित गर्दै कैलालीमा तालिम प्राप्त कुकुरको प्रयोग गरेर सीमा नाका र बसपार्क क्षेत्रमा चेकजाँच गर्न सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले तयार पारेको चाड पर्व लक्षित सुरक्षा योजना अनुसार सीमा नाका, बसपार्क र बढी भिडभाड हुने क्षेत्रहरूमा तालिम प्राप्त कुकुरको प्रयोग गरेर चेकजाँच थालिएको हो ।

दसैँ, तिहार र छठ पर्वका बेला सीमा नाकाबाट हातहतियार र लागुऔषध जस्ता वस्तुको ओसारपसार हुन सक्ने कुरालाई मध्यनजर गर्दै चेकजाँचमा तालिम प्राप्त कुकुरको प्रयोग गरिएको जिल्ला कार्यालय कैलाली प्रहरीले जनाएको छ ।

सोही अनुसार शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुको कमाण्डमा खटिएको प्रहरी टोली र नेपाल प्रहरीका तालिम प्राप्त कुकुरहरुबाट धनगढी स्थित बसपार्क लगायतका स्थानहरुमा चेकजाँच गरिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए ।

जिल्लाको सुरक्षा व्यवस्थालाई त्रुटि रहित, भरपर्दो, विश्वसनीय र मजबुद बनाई जनजीवनलाई सुखमय बनाउनुका साथै जनताहरुलाई पूर्ण रूपमा सुरक्षाको प्रत्याभूति दिलाउन तालिम प्राप्त कुकुरहरू सहित चेकजाँच गर्न थालिएको उनले बताए ।

साथै सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधिलाई दृष्टिगत गरेर चेकजाँचमा थप कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार