एसपी अधिकारीको एक सुन्दर रचना, ‘हाँसेका आँखाहरु…!’

एसपी अधिकारी

शुभ प्रभातमा तिम्रा कामनाहरुसंगै मैले आँखा खोल्दा
मुटुभरी संगाली तिमीलाई फेरि साधुवाद फेर्न मन लाग्छ
यस्तो आभाषले ओतप्रोत सुमधुर बाणी तिमीले बोल्दा
हाँसेका ती आँखाहरु तिम्रा फेरि फेरि हेर्न मन लाग्छ ।

पलहरुले जुराएको पलहर मिलाएको साथ यो सोच्दा
पलपल तिमीसंगै हर पलहरुबाट फेरि तिमीलाई चोर्न मन लाग्छ
अनुपम भाव समर्पित जीवन रहस्य यो तिम्रो र मेरो खोल्दा
हाँसेका ती आँखाहरु तिम्रा फेरि फेरि हेर्न मन लाग्छ ।।

तिमी छौ र म छु,छाम मेरो मुटुलाई, कति माया गर्छु भन्दा
नबुझे जस्तो माया मेरो तिमीलाई फेरि फेरि बुझाउन मन लाग्छ
तिम्रो मिलनको चाहमा सपनीमा पनि तिमीलाई नै देख्दा
हाँसेका ती आँखाहरु तिम्रा फेरि फेरि हेर्न मन लाग्छ ।।।

– प्रकाशित सुन्दर शब्दहरूको रचना जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक विश्व अधिकारीले गर्नुभएको हो । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार