प्रथम राष्ट्रपति डा यादव र पूर्वराजा शाहले को बाट गरे टीका ग्रहण ?

प्रथम राष्ट्रपति डा यादव र पूर्वराजा शाहले को बाट गरे टीका ग्रहण ?

काठमाडौँ : सङ्घीय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले गृहनगर जनकपुरधामस्थित सपही गाउँमा गुरु पुरोहितबाट बिहान १०ः०२ बजेको साइतमा टीका ग्रहण गर्नुभएको छ ।

बडादशैँ मनाउन गृहनगर पुग्नुभएका प्रथम राष्ट्रपति यादवले नेपाल र नेपालीको सुख, शान्तिको कामना गर्दै दुर्गा भवानीको पूजा आराधना पनि गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

यसैगरी पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको बिहान १०ः०२ को शुभ साइतमा टीका, जमरा ग्रहण गर्नुभएको छ ।

पूर्वराजा शाहले पूर्वनायब बडा गुरुज्यू एवं समितिका पूर्व अध्यक्ष प्रा डा माधव भट्टराईलगायत गुरु पुरोहित र मान्यजनबाट नवदुर्गा भवानीको टीका, प्रसाद ग्रहण गर्नुभएको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार