आजबाट सरकारी कार्यालय खुल्ला, सुदूरपश्चिममा भने भोलिबाट खुल्ने

प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय

धनगढी : आजबाट सरकारी कार्यालय खुल्ला हुने भएको छ । बडा दशैंमा फूलपाती देखि दशमीको भोलिपल्ट एकादशीसम्म बिदापछि सरकारी कार्यालय खुल्ला हुने भएको हो ।

दशैंमा टीका भने कोगाज्रत पूर्णिमासम्म चल्नेछ । विगतमा कोगाज्रत पूर्णिमासम्म बिदा दिइने गरिएकोमा पछि कटौती गरिएको हो ।

सरकारी कार्यालय आजबाट खुल्ला हुने भएपछि दशैंमा घर गएकाहरु फर्कने क्रम चलेको छ । अधिकांश शैक्षिक संघसंस्था भने तिहार तथा छठपछि खुल्ने भएका छन् ।

  • सुदूरपश्चिममा भने भोलिबाट खुल्ने…

आइतबार (आज) सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ। २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशभर आज पनि बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले बताए ।

मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धी सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरिसकेको जोशीले बताए ।

संघीय सरकारले यो वर्ष असोज २६ गते मङ्गलवार देखी असोज ३० गते शनिवारसम्म अर्थात् फूलपातीदेखि एकादशीसम्म ५ दिन दसैँ बिदा दिएको थियो। त्यसमा सुदूरपश्चिम प्रदेश सरकारले असोज ३१ गते दसैँकै अवसरमा थप एक दिन बिदा दिएको हो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार