एसपी अधिकारी सहितको टिमले गर्‍यो सेभ हाउस र दृष्टि फाउण्डेशनमा खाद्यान्न सहयोग

प्रहरी सहायक निरिक्षक २०५५ समूहद्धारा २३ औँ बार्षिकोत्सबमा खाध्यान्न सहयोग

प्रहरी सहायक निरिक्षक २०५५ समूहद्धारा २३ औँ बार्षिकोत्सबमा खाध्यान्न सहयोग

धनगढी : सहायक निरिक्षक २०५५ समूहको २३ औँ बार्षिकोत्सबमा खाध्यान्न सहयोग गरिएको छ । बि.स २०५५ सालमा नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक पदमा जागिर खाएर नेपाल प्रहरीमा प्रवेश गरेका प्रहरीहरु मिलेर बनाइएको सो समूहले २३ बर्ष पुरा गरेको अबसरमा आईतबार अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउस र धनगढीको दृष्टी फाउण्डेशनमा खाध्यान्न सहयोग गरेका हुन् ।

हाल जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख रहेका प्रहरी उपरिक्षक एसपी विश्व अधिकारी , ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक डिएसपी प्रेम शाही सहितको उक्त समूहले आफ्नो २३ औँ बार्षिकोत्सबमा अनाथ एबम् असहाय तथा अभिभावक बिहिन रहेका महिला तथा बालबालिकाहरुलाई संरक्षण दिदै आएको महिला तथा बालबालिका सेभ हाउस र दृष्टी फाउण्डेशनमा खाध्यान्न सहयोग गरेका हुन् ।

सो समूहले समूहमा रहेका अन्य प्रहरी साथीहरुलाई आपतबिपदको बेलामा समय समयमा सहयोग गर्दै आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारीले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार