सुदूरपश्चिम प्रदेशमा आएको बाढी र पहिरोबाट २८ जनाको मृत्यु

सुदूरपश्चिममा अविरल वर्षा : कहाँ के भयो ?

धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले अविरल वर्षाका कारण प्रदेशमा आएको बाढी, पहिरोबाट २८ जनाको मृत्यु भएको जनाएको छ ।

सो कार्यालयका अनुसार डोटीमा १३, बझाङमा आठ, बैतडीमा चार, डडेल्धुरामा दुई र कैलालीमा एक जनाको मृत्यु भएको हो ।

यसै गरेर डोटीमा आठ, बैतडीमा दुई, डडेल्धुरामा पनि दुई र बझाङमा एक जना घाइते भएका छन् ।

त्यस्तै गरेर बझाङमा २० र कैलालीमा एक गरेर २१ जना बेपत्ता भएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार