प्रधानमन्त्री र मुख्यमन्त्री भट्टबीच भेटवार्ता

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले बाढी र पहिरोबाट प्रभावित क्षेत्रको निरीक्षणमा आएका प्रधानमन्त्री शेरवहादुर देउवासँग भेटवार्ता गरेका छन्। आज मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रदेश सरकारका मन्त्रीहरुको सहभागितामा देउवासँग भेटवार्ता गरिएको हो।

मुख्यमन्त्री भट्टले बाढी र पहिरोले सुदूरपश्चिम प्रदेशमा ठूलो धनजनको क्षति पुगाएको जानकारी गराउँदै प्रधानमन्त्रीसँग संरचना पुनर्निर्माण र पीडितलाई राहत तथा क्षतिपुर्ति दिन माग गरेको बताए। राहत वितरण तथा संरचना पुनर्निर्माणमा तीनै तहका सरकारले मिलेर काम गर्नुपर्ने उनले बताए।

प्रदेश सरकारले संघ सरकारसँग साझेदारी गरेर काम गर्न तयार रहेकोमा छिटो भन्दा छिटो काम थाल्न प्रधानमन्त्रीबाट सकारात्मक जवाफ आएको मुख्यमन्त्री भट्टले बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार