आज देखि बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा सुदूरपश्चिम सरकारले राहत बाँड्ने

मन्त्री पूर्णा जोशी

धनगढी : सुदूरपश्चिम सरकारले आज देखि बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा राहत बाँड्ने भएको छ। हेलिकोप्टर मार्फत  राहत सामग्री लिएर सम्बन्धित जिल्लामा जाने प्रदेश सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिईन् ।

क्षतिको विवरण संकलन गरिसकेको बताउँदै उनले आज शनिबार बिहान राहत लिएर जाने बताइन्। एकद्वार प्रणालीबाट राहत वितरणका लागि मन्त्री जोशीले प्रदेशमा कार्यरत गैरसरकारी संस्थाका प्रतिनिधीहरुसँग छलफल गरिसकेकी छिन् । सुदूरपश्चिम प्रदेशका ७ जिल्ला बाढी तथा पहिरोबाट प्रभावित भएका छन् ।

यी जिल्लाहरुमा प्रदेश सरकारबाट राहत सामग्री लिएर जाने सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीले बताइन्। एकद्वार प्रणालीबाट राहत वितरणका लागी मन्त्री जोशीले यहाँ कार्यरत गैर सरकारी संस्थाका प्रतिनिधीहरुसंग समेत छलफल गरेकी छिन् । आ आफ्नो तरिकाले राहत बाँड्दा कसैले पटक पटक पाउने र कसैले एक पटकपनि नपाउने समस्या निम्तिरहेको भन्दै मन्त्री जोशीले सरकारसंग सहकार्य गरेर मात्रै राहत वितरण गर्नुपर्नेमा जोड दिइन् ।

गैर सरकारी संस्था तथा निजि क्षेत्र आ आफ्नो तरिकाले राहत बाँड्दा त्यहाँ सरकारको उपस्थितीपनि नदेखिने संस्थाले बाँडेको राहतलेनै पर्याप्त नपुग्ने हुँदा एकद्वार प्रणालीबाट राहत बाँड्नका लागी छलफल गरेको उनले बताइन् ।गत आईतबारदेखि आएको प्रदेशमा बाढी पहिरोमा परि ४३ जनाको ज्यान गएको छ , भने २२ जना वेपत्ता रहेका छन् । यस्तै १७ जना घाईते भएका छन् । भने कयौँ घर परिवार विस्तापित भएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार