कार्तिक १० गते धनगढीमा ‘म्युजिकल नाइट २०२१’ आयोजना हुने

धनगढीमा 'म्युजिकल नाइट २०२१' को आयोजना हुँदै

धनगढी : बहुउद्देश्यीय सांस्कृतिक समाजको आयोजनमा धनगढीमा ‘म्युजिकल नाइट २०२१’ आयोजना हुने भएको छ ।

कोरोना माहामारिको जोखिम कम भएसँगै झन्डै दुई वर्षदेखि मनोरञ्जनको कमी महसुस गरिरहेको जनसमुदायलाई मनोरञ्जन दिने हेतुले उक्त कार्यक्रम आयोजना गरिने भएको हो ।

कार्तिक १० गते साँझ ६ बजे बाट राती १० बजेको समयमा आयोजना हुन गइरहेको उक्त कार्यक्रम नैनादेवी मन्दिर नजिक रहेको खुल्ला मञ्चमा हुने आयोजक समूहले जनाएको छ ।

कार्यक्रममा गायन तर्फ, चन्द्र चौधरी, सुरेन्द्र सिंह, दोर्जे द भाईब, सुरेन्द्र खड्का, विकास बोहरा, दिनेश भट्ट, तुलसी बोहरा र टेकराज पन्तको प्रस्तुति रहने छ ।

त्यस्तै, कमेडियन दीपेन्द्र ओलीको समेत प्रस्तुति रहने सो कार्यक्रममा प्रशान्त सिंह ठाकुरको व्याण्ड र सागर ओझा लगायतका स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ ।

स्थानीय कलाकारको प्रवर्द्धनमा टेवा पुग्ने र यसले जनसमुदायमा मनोरञ्जन प्रदान गर्न थप ऊर्जा दिने आयोजक बहुउद्देश्यीय सांस्कृतिक समाजको विश्वास रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार