कृष्णनगरमा माइती नेपालद्वारा मानव बेचबिखन तथा ओसारपसार विषयक तथ्याङ्क व्यवस्थापन अभिमुखीकरण कार्यक्रम सम्पन्न

कृष्णनगरमा माइती नेपालद्वारा मानव बेचबिखन तथा ओसारपसार विषयक तथ्याङ्क व्यवस्थापन अभिमुखीकरण कार्यक्रम सम्पन्न

कृष्णनगर, कपिलवस्तु : मानव बेचबिखन तथा ओसारपसार सँग सम्बन्धित तथ्याङ्क व्यवस्थापन अभिमुखीकरण एक दिने कार्यक्रम कृष्णनगर नगरपालिकाको सभा हलमा कार्यक्रम सम्पन्न भएको छ l

कृष्णनगर नगरपालिकाको आयोजना तथा हाम्रो माइती नेपाल , सम्मान परियोजनाको सहयोग र कृष्णनगर नगरपालिका का नि. प्रमुख प्रशासकीय अधिकृत चन्द्र राम चौधरीको अध्यक्षता, अतिथि हरूमा

कृष्णनगर नगरपालिका वडा नं १० का वडाध्यक्ष मोविन खाँ, १२ नं वडाध्यक्ष छेदी प्रसाद यादव, वडा नं ७ का वडाध्यक्ष राज किशोर यादव, वडा नं ११ वडाध्यक्ष फग्गू मुराउ, वडा नं १ वडाध्यक्ष तुंग नाथ चौधरी रहनुभयो l

मानव बेचबिखन तथा ओसार पसार के हो? महिला तथा बाल बालिकाहरू माथि हुने मुख्य जोखिम हरू, मानव बेचबिखनका कारण, समस्या पर्दा सहयोगका लागि निकायहरू , तथ्याङ्कको परिभाषा, तथ्याङ्कका विविध आयामहरू, तथ्याङ्कको महत्त्व, लगायत अन्य विषयमा विस्तृत छलफल गरिएको थियो l

कार्यक्रम स्वागत तथा शुभकामना कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा उपाध्याय ले गर्नुभयो साथै कार्यक्रममाको बारेमा माइती नेपालको कार्यक्रम संयोजक माया क्षेत्री र माइती नेपालका कार्यक्रम अधिकृत सृष्टि गुरागाईँ तथा हाम्रो सम्मान परियोजना फिल्ड संयोजक लालबाबु कुशहवाले प्रकाश पार्नुभयो l कार्यक्रममा व्यवस्थापनको भूमिका माइती नेपाल द्वारा सञ्चालित हाम्रो सम्मान परियोजना कपिलवस्तु जिल्ला फिल्ड संयोजक विकाश श्री वास्तव ले गर्नुभयोl

कार्यक्रम कार्तिक १४ गते १-६ वडाको र आज ६- १२ वडाका सहभागी हरूमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ l

उक्त कार्यक्रममा समाजसेवी, शिक्षा प्रेमी, बुद्धिजीवी, वडाध्यक्षहरू, वडा सचिवहरू,पत्रकार, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी मानव बेचबिखन नियन्त्रण वडा स्तरीय कमिटीका सदस्यहरू लगायत अन्यको उपस्थित थियो lकार्यक्रम सञ्चालन ईश्वरी प्रसाद पौडेलले गर्नुभयो l

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार