बैतडीका १० ओटै स्थानीय तहमा एमालेको नेतृत्व चयन

कहाँ को भए अध्यक्ष ?

बैतडीका सबै स्थानीय तहमा एमालेको नेतृत्व चयन

धनगढी : नेकपा एमालेले बैतडीका १० ओटै स्थानीय तहमा अधिवेशन सम्पन्न गरेको छ। जिल्लाका १० ओटै स्थानीय तहमा सम्पन्न भएको अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको एमाले बैतडीले जनाएको छ। पाटन नगरपालिकामा ललितसिंह ठगुन्नाको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटि र डम्मर पन्तको संयोजकत्वमा नगर सल्लाहकार समिति गठन भएको एमालेका जिल्ला कमिटि सदस्य लोकबहादुर भण्डारीले जानकारी दिए।

यस्तै मेलौलीमा राजबहादुर चन्दको अध्यक्षतमा सर्वसम्मत नगरकमिटि चयन भएको सचिव भट्टले जानकारी दिए। यस्तै दोगडाकेदार गाउँपालिकामा काशीसिंह बिष्टको अध्यक्षतामा गाउँपालिका कमिटि चयन गरिएको छ भने, दशरथचन्द नगरपालिकामा अजबहादुर पाण्डेको अध्यक्षतामा नगरकमिटि सर्वसम्मत चयन गरिएको एमालेका कार्यालय सचिव सरस्वती नेपालीले बताइन्।

यस्तै डिलाशैनी गाउँपालिकामा रघुबीर बोहराको अध्यक्षतामा ७१ सदस्यीय गाउँपालिका कमिटि चयन गरिएको छ। यस्तै पञ्चेश्वर गाउँपालिकामा प्रकाश चन्द, शिवनाथ गाउँपालिकामा महेन्द्र चन्द र सुर्नया गाउँपालिकामा राजेन्द्र भट्टको अध्यक्षतमा गाउँपालिका कमिटि गठन गरिएको सचिव भट्टले जानकारी दिए।

सिगास गाउँपालिकामा गोपाल धामी र पुर्चौंडी नगरपालिकामा कर्णबहादुर धामी (किशोर)को अध्यक्षतामा कमिटि गठन गरिएको उनले बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार