नेकपा एमाले धनगढी उप-महानगरपालिकाको अध्यक्षमा रामचन्द्र जोशी सर्वसम्मत चयन

एमाले धनगढी उपमहानगरको नगर अध्यक्षमा जोशी चयन

धनगढी : नेकपा एमाले धनगढी उपमहानगरपालिकाको अध्यक्षमा रामचन्द्र जोशी सर्वसम्मत चयन भएका छन्।

मंगलबार सम्पन्न नगर कमिटीको प्रथम अधिवेशनबाट जोशीको अध्यक्षतामा ८५ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरिएको नेकपा एमालेले जनाएको छ।

यस्तै, नगर कमिटीको उपाध्यक्षमा जगदीश चौधरी, सचिवमा प्रेम महरा, उपसचिवमा झुम अधिकारी र दिप्ती शाही सर्वसम्मत चयन भएका छन्। निर्वाचित भएका पदाधिकारीलाई सुदूरपश्चिम प्रदेशका इञ्चार्च लेखराज भट्टले सपथ गराएका थिए।

सोमबारदेखि सुरू भएको एमाले धनगढी उपमहानगरपालिकाको प्रथम अधिवेशन विभिन्न पदका उम्मेदवारबीच आपसी सहमती जुटाउनमा ढिलाई हुदा मंगलबारसम्म चलेको थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार