स्वर्गीय प्रहरी नायब उपरीक्षक अधिकारीको स्मृतिमा योगाश्रमलाई ५ लाख १ हजार १११ आर्थिक सहयोग

स्वर्गीय प्रहरी नायब उपरीक्षक अधिकारीको स्मृतिमा योगाश्रमलाई ५ लाख १ हजार १११ आर्थिक सहयोग

धनगढी : पूर्व प्रहरी नायब उपरीक्षक (डिएसपी) स्वर्गीय हरिहरप्रसाद अधिकारीको स्मृतिमा स्थापित हरिहर स्मृति प्रतिष्ठानले प्रस्तावित राष्ट्रिय अनुसन्धान केन्द्र टीकापुर योगा श्रमलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

अमेरिका निवासी डिएसपी स्वर्गीय अधिकारीका कान्छा छोरा बासुदेब अधिकारीले पठाएको ५ लाख १ हजार १११ रुपैयाँ योगा श्रमलाई प्रदान गरेको हो ।

सो रकम स्वर्गीय अधिकारीका ज्येष्ठ छोरा कैलाली जिल्लाका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारी र प्रतिष्ठानका अध्यक्ष ढबिन्द्र रावलले आश्रमका संस्थापक एवम् महानिर्देशक योग गुरु पृथ्वीराज रावललाई संयुक्त रूपमा हस्तान्तरण गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार