जुवातास नियन्त्रणका लागि कञ्चनपुरमा प्रहरीले चलाएको अभियान प्रभावकारीरुपमा अगाडि बढ्दै

जुवातास नियन्त्रण

कञ्चनपुर: जुवातास नियन्त्रणका लागि कञ्चनपुरमा प्रहरीले चलाएको अभियान प्रभावकारीरुपमा अगाडि बढ्दै आएको छ।

जुवातास खेल्ने ठाउँको पहिचान गरी प्रहरीले जुवाडेलाई पक्राउ गर्ने र नगद रकम बरामद गर्नेक्रम जारी राखेको छ। चाडपर्वका बेला प्रहरीले गस्ती टोलीलाई प्रभावकारीरुपमा परिचालन गरेकै कारण अप्रिय घटना हुन नपाएको प्रहरीको भनाइ रहेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चाड पर्वका बेलामा हालसम्म ९५ जुवाडेलाई पक्राउ गरेको छ। पक्राउ परेकालाई प्रहरीले कारवाही प्रक्रियासमेत अगाडि बढाउँदै आएको छ। जुवातासका ११ मुद्दामा रु आठ लाख १४ हजार ५१० रकमसमेत बरामद गरेको छ।

समाजमा विकृत्तिका रुपमा रहेको जुवातास नियन्त्रणका लागि अभियान निरन्तररुपमा सञ्चालन हुने प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए। उहाँका अनुसार शुक्रबार मात्रै भीमदत्त नगरपालिका–६ ऐठपुरबाट १० जना जुवाडे पक्राउ परेका छन्। पक्राउ परेकाको साथबाट ६२ हजार ७० रकमसमेत बरामद गरिएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार