धनगढी ६ लेन सडकमा मोटरसाइकल र स्कुटर ठोक्किए

Bike Accident

धनगढी : धनगढीको ६ लेन सडकमा मोटरसाइकल र स्कुटर ठोक्किएका छन्।

शनिबार साँझ उक्त लेनको चौराहा नजिकै मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा दुईजना घाइते भएको बताइएको छ।

दुर्घटनामा परी से६प ५२१७६ नम्बरको मोटरसाइकलमा सवार पुरुष र से४प ४५४८ नम्बरको स्कुटरमा सवार महिला घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन्। घाइतेहरुलाई धनगढीस्थित केजी अस्पताल लगिएको जनाइएको छ।

दुर्घटनाबारे थप विवरण खुलेको छैन। कैलाली प्रहरीले उक्त दुर्घटनाबारे जानकारी लिइरहेको बताएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार