धनगढी उप-महानगरपालिका १९ मा रहेको बसपार्क सञ्चालनमा

धनगढी उप-महानगरपालिका

धनगढी : धनगढी उप-महानगरपालिका १९ मा रहेको बसपार्क आजदेखी सञ्चालनमा आएको छ ।

गत भाद्रमा निर्माण सम्पन्न भएपनि स्थानीयको अवरोधका कारण उक्त बसपार्क सञ्चालनमा आउन केहि समय लागेको हो ।

सघन शहरी बिकास कार्यक्रम अन्तरगत २०७४ असार ३० सम्झौता गरि २०७८ भाद्रमा निर्माण कम्पनीले धनगढी उप-महानगरपालिकालाई उक्त बसपार्क हस्तान्तरण गरेको उप-महानगरपालिकाका इन्जिनियर द्विजराज भट्टले बताए ।

२ करोड ७५ लाख १५ हजारमा देव एण्ड सायर मसिना जेबी महेन्द्रनगरले उक्त बसपार्क निर्माण गरेको इन्जिनियर भट्टले बताए ।  सो बसपार्कको आज  धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले उद्धघाटन समेत गरेका हुन् । उद्धघाटन  गर्दै मेयर वडले  धनगढी उपमहानगरपालिकाले उपलब्ध गराएको १७ कट्ठा जग्गामा उक्त बसपार्क निर्माण भएको बताए ।

उनले हाल ५० ओटा बस अटाउने क्षमता रहेको बताउदै, टर्मिनल भवन, पार्किङ एरिया, खानेपानी, घण्टाघर लगायतका संरचना निर्माण भएको बताए ।बसपार्कबाट सुदूरपश्चिमका पहाडी जिल्ला लगायत काठमाडौ, पोखरा, बिराटनगर सम्म बस संचालन हुने बताइको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार