सुदूरपश्चिममा तिहार सकिए लगत्तै जात्राको रौनक

हिन्दुहरुको दोश्रो ठूलो चाड तिहार

सुदूरपश्चिममा तिहार सकिए लगत्तै जात्राको रौनक

हिन्दुहरुको दोश्रो ठूलो चाड तिहार सकिएसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा जात्राको रौनक सुरु भएको छ।

कार्तिक शुक्ल पक्ष सुरु भएसँगै पहाडी जिल्लाका विभिन्न शक्तिपीठमा जात्रा सुरु भएको हो।

दार्चुलाको शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकामा झण्डै एक महिनासम्म जात्रा लाग्ने गर्दछ। शैल्यशिखर नगरपालिकाको लटिनाथ मन्दिर बन्तोली र मालिकार्जुन गाउँपालिकाको लटिनाथ कैयलपाल मन्दिर चौडमा द्धितिया तिथिबाट जात्रा सुुरु भएको नगर उपप्रमुख राजमति बमले बताइन्।

यी मन्दिरहरुमा रातिको समयमा जात्रा लाग्ने गर्दछ। द्धितिया तिथीबाट सुरु भएको जात्रा पूर्णिमाको दिन सकिने छ। जिल्लाको सबैभन्दा ठूलो शैल्यशिखर त्रयोदशीको दिन र मालिकार्जुन जात्रा चतुरदशीमा सकिन्छ। जिल्लाको लेकमा क्षेत्रमा दशै तिहारभन्दा पनि जात्रालाइ बढी महत्व दिइने गरिन्छ। यस्तै बैतडी, डडेल्धुरा, डोटी, अछाम, बाजुरा र बझाङका विभिन्न मन्दिरमा समेत जात्रा सुरु भएको छ।

विभिन्न शक्तिपिठमा कात्तिक शुक्ल पक्षमा जात्रा तथा मेला लाग्छ। बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर, सुर्नया गाउँपालिकामा रहेको रौलाकेदार मन्दिर, पाटन नगरपालिकाको महारुद्र मन्दिर, शिवनाथ गाउँपालिकाको शिवनाथ मन्दिरमा कात्तिक शुक्ल अष्टमीका दिन जात्रा लाग्ने गर्दछ। यस्तै मेलौलीमा रहेको मेलौली भगवती मन्दिर, सुर्नयाको रौलेश्वरमा रहेको भवानी मन्दिर, डडेल्धुराको उग्रतारा मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार