बैतडीको श्रीकोट बहुमुखी क्याम्पसमा तीन करोडमा सुविधा सम्पन्न छात्रावास निर्माण

आफ्नो पहलमा छात्रावास निर्माण गर्न सफल भएको प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीको जोड

बैतडीको श्रीकोट बहुमुखी क्याम्पसमा तीन करोडमा सुविधा सम्पन्न छात्रावास निर्माण

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका–३ मा रहेको श्रीकोट बहुमुखी क्याम्पसमा सुविधा सम्पन्न छात्रावास भवन निर्माण गरिएको छ। उच्च शिक्षा अध्ययनका लागि आउने विद्यार्थीका लागि बसोबासमा सहजता ल्याउन छात्रावास निर्माण गरिएको हो।

सङ्घीय सरकारको समपूरक कोष र दोगडाकेदार गाउँपालिकाको साझेदारीमा रु तीन करोड चार लाखमा उक्त छात्रावास निर्माण गरिएको हो। सत्र कोठा, दुई हल, चमेनागृह र घेरापर्खालसहित दुई तले सुविधा सम्पन्न छात्रवास भवन निर्माण गरिएको श्रीकोट बहुमुखी क्याम्पसका प्रमुख दानबहादुर कार्कीले बताए। उच्च शिक्षा हासिलका लागि आउने विद्यार्थीलाई छात्रावास बनिसकेपछि टाढाबाट बस्नको लागि सहज भएको क्याम्पस प्रमुख कार्कीले बताए। उनले भने, “छात्र र छात्रा दुवै बस्न मिल्ने गरेर व्यवस्था गरेका छौँ।”

आफ्नो पहलमा छात्रावास निर्माण गर्न सफल भएको बताउँदै प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीले शैक्षिक क्षेत्रको विकास र गुणस्तर सुधारमा जोड दिनुपर्ने बताए। ग्रामीण क्षेत्रमा बनेको छात्रावासले टाढाबाट यहाँ उच्च शिक्षा हासिल गर्न आउने विद्यार्थीलाई सहज हुनेछ। उनले भने, “दुर्गममा सञ्चालनमा रहेको यस क्याम्पसलाई सुदूरपश्चिम प्रदेशकै नमूना शैक्षिक केन्द्रका रूपमा विकास गर्न जरुरी रहेको छ।”

दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले शिक्षा क्षेत्रको विकास आफ्नो पहिलो प्राथमिकता रहेको बताए।  उनले भने, “शैक्षिक क्षेत्रको विकास र गुणस्तर सुधार गर्ने उद्देश्य अनुरूप गाउँपालिकाको पहिलो प्राथमिकतामा शिक्षा रहेको छ।”

त्रिभुवन विश्वविद्यालयको आङ्गीक क्याम्पसका रूपमा रहेको श्रीकोट बहुमुखी क्याम्पस विसं २०६९ मा स्थापना भएको हो। हाल यहाँ स्नातकोत्तरसम्मको पढाइ हुने गर्दछ। यस क्याम्पसमा अहिले बैतडीका विभिन्न स्थानका २५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार