कैलालीका मुस्लिम समुदायको आग्रह : भन्छन्, ‘यसपालिको जनगणनामा नछुटाइयोस्’

मेरो जनगणना, मेरो सहभागीता

कैलालीका मुस्लिम समुदायको आग्रह

धनगढी : मुस्लिम समुदायको सशक्तिकरण तथा जनगणना सम्बन्धी २०७८ सम्बन्धी जनचेतनामुलक कार्यक्रम सोमबार धनगढीमा भएको छ ।
सोमबार धनगढीमा मुस्लिम आयोगले आयोजना भएको कार्यक्रममा मुस्लिम समुदायका वर्गहरुले आफनो समुदायको यकिन तथ्यांक जनगणनामा समेटिनुपर्ने सुझाव दिएका थिए ।

‘अपरिचित मान्छेलाई कसैले सत्यतथ्य जानकारी दिदैनन । डराउछन पनि । यसमा मुस्लिम समुदायका महिलाहरुलाई सचेतना हुनुपर्छ’ मुस्लिम समुदायमा बस्दै आएकी रिजाना खातीले भनिन –‘हामी पढे लेखेको भएपनि अहिले वेरोजगार छौं । हामी छनौट हुन पाएको भए सत्यतथ्य र आफनो समुदायका यकिन तथ्यांक जनगणनामा समेट्ने थियौं ।’

मुस्लिम समुदायका अगुवाहरुले राष्ट्रिय जनगणना २०७८ मा पनि आफ्नो समुदायहरु छुट्ने तथा यकिन तथ्यांक संकलन नहुनेमा आशंका व्यक्त गरिरहेका छन । ‘राष्ट्रिय जनगणना २०६८ मा देशभरीमा मुस्लिम समुदायको संख्या कुल जनसंख्याको चार दशमलब चार प्रतिशत रहेको छ’ मुस्लिम समुदायका अगुवा नर्दुमुदिन भाटले भने –‘तर त्यो यकिन तथ्यांक थिएन । देशभरमै हाम्रा समुदायको जनसंख्या आठ प्रतिशत सम्मको हुनुपर्छ । सो समय धेरै व्यक्तिहरु छुटे ।’ उनले अबको जनगणनामा सबै वर्ग, समुदायको सहभागिता गराउन जनचेतनामुलक कार्यक्रम गर्नुपर्ने, गणकमा आफना समुदायका व्यक्तिहरु पनि समावेश गर्नुपर्ने पुन माग दोहोर्याए । ‘जनगणना आउ“दा हामीले ध्यान दिदैनौं । यथार्थ जनसंख्याको तथ्यांक पनि छैन’ उनले भने ।

जनचेतना अभाव, अशिक्षा, गरिवी, रुढीबादी परम्परा लगायतका कारण मुस्लिम समुदायहरुको यकिन तथ्यांक आउन नसकेको डाक्टर मेराज आलम अन्सारीले बताए ।

‘राज्यले समेत मुल एजेण्डाबाट मुस्लिम समुदायलाई पछाडी पारेको छ’ उनले भने –‘नागरिकता लगायतका विभिन्न सरकारी सेवा प्राप्त गर्नबाट हामी वञ्चित छौं ।’ उनले अहिले प्रतिनिधी सभामा मुस्लिमा समुदायका प्रतिनिधित्व भएपनि स्थानीय तहमा हुन नसकेको बताए । उनले भने –‘तीन वटै तहका सरकारमा मुस्लिम समुदायको प्रतिनिधित्वको सुनिश्चितता राज्यले गर्नुपर्छ ।’

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले सबै एकजुट भएर जनगणनालाई सफल बनाउन लाग्नुपर्ने बताए । ‘यहा“ विभिन्न जातजाती, वर्ग, समुदाय, लिङ्ग, फरक क्षमताका व्यक्तिहरु रहेका छन’ उनले भने –‘अहिले पनि हामी सबै आफनो अधिकार र पहिचानका लागि आन्दोलन गरिरहेका छौं । हाम्रो अधिकार कति सफल भयो भन्ने पनि यो जनगणना देखाउ“छ ।’

उनले धनगढी उपमहानगरपालिकामा दुई सय पा“च जना गणकहरु खटाउन लागिएको जानकारी दिए । ‘अग्रज नेताहरु, अगुवाहरुले अहिले जनगणनालाई सफल बनाउन सहयोग गर्न म आग्रह गर्छु’ उनले भने ।

कैलाली प्रमुख जिल्ला अधिकारी किरण थापाले आम समुदाय सचेत नभए जनगणनामा छुट्ने सम्भावना रहने भएकाले सबै क्षेत्रसंग सहकार्य आवश्यक रहेको बताए ।

मुस्लिम आयोगका सदस्य मोहमोदिन अलिले आयोगले मुस्लिम समुदायको हकहितमा काम गर्ने र मुस्लिम समुदायले दिएको सुझाव सल्लाह अनुसार अगाडि बढ्दै जनगणनामा मदरसाका मोलाना, राजनीतिक अगुवा, बुद्धिजीवी, समाजसेवि, युवा वर्गलाई आ–आफ्नो स्तरबाट जनगणनालाई सफल बनाउन आग्रह गर्दै कसैको घरको सदस्य विदेश वा अन्य ठाउ“मा भएपनि उनीहरुलाई नछुटाई गणना गराउन अपिल गरे ।

अध्यक्ष अलिले, धर्मको ठाउ“मा इस्लाम, जातजातिको ठाउ“मा मुसलमान लेख्नु पर्ने बताए । जनगणना सबैको सहभागीता किन ? को जवाफ दिदै मुस्लिम समुदायको कुल जनसंख्याको सहि तथ्यांक आकलन तथा यकिन गर्न, मुस्लिम समुदायको शिक्षा, स्वास्थ्य र आर्थिक अवस्थाको सहि तथ्यांकको आधारमा राज्यले अगामी योजना, निति तथा कार्यक्रम बनाउन सहयोग गर्न, राज्यले मुस्लिम समुदायलाई प्रदान गर्ने विशेष सेवा सुविधा (छात्रवृत्ति, आरक्षण, समुदाय लक्षित कार्यक्रम, तालीम आदि लिन वा दिनको लागि, मुस्लिम समुदायको जनसंख्याको अनुपात राज्यले नया“ नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न र जनगणना राज्यको लागि मात्र हैन यो हामी र हाम्रो समुदायको लागि पनि ज्यादै महत्वपूर्ण रहेको बताए ।

आयोगका सदस्य मिर्जा ओसद वेगले स्वागत गरेको कार्यक्रमको सञ्चालन पत्रकार सिताराम ओझाले गरेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार