‘कमेडी च्याम्पियन २’ का फष्ट रनरअप विक्कीलाई मातृशोक

‘कमेडी च्याम्पियन २’ का फष्ट रनरअप विक्कीलाई मातृशोक

‘कमेडी च्याम्पियन’ सिजन २ का फष्ट रनरअप विक्की अग्रवाललाई मातृशोक परेको छ ।

उनी आमा दुर्गा मगरको सोमबार साँझ निधन भएको कमेडी च्यापियन प्रतियोगी समेत रहेका प्रभात लामाले बताए ।

कपनको कोठमा बस्दै आएका विक्की भाइटिकाको दिन आमा सहित नेपाल आएका थिए । सोमबार आमालाई कोठामा छोडेर बाहिर निस्किएका विक्कीले फर्किंदा आमालाई अचेत अवस्थामा भेटाएका थिए । त्यसपछि चावहिलको मेडिकेयर अस्पताल पर्याइएको दुर्गालाई चिकित्सकले मृत घोषित गरेका थिए ।

दुर्गा उच्च रक्तचाप र मधुमेहको समस्याबाट पिडित थिइन् । सिक्किम निवासी विक्कीले ‘कमेडी च्याम्पियन २’ बाट थुप्रैको मन जित्न सफल भएका थिए । दुर्गाको निधन प्रति सामाजिक संजाल मार्फत थुप्रै सेलिब्रेटीले शोक ब्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार