प्रहरी नायब उपरीक्षक बिष्ट सहित सुदूरपश्चिमका ८ जना डिएसपीको सरुवा

प्रहरी नायब उपरीक्षक बिष्ट सहित सुदूरपश्चिमका ८ जना डिएसपीको सरुवा

धनगढी : नेपाल प्रहरीका ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा भएको छ। जसअनुसार सुदूरपश्चिममा कार्यरत ८ जना डिएसपीको पनि सरुवा भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टको पनि सरुवा भएको छ। उनको प्रदेश २ को प्रहरी तालिम केन्द्र, जनकपुर धनुषामा सरुवा भएको हो। उनको ठाउँमा अब कैलालीमा रविन बिष्ट आउने भएका छन्। उनी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत थिए।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत अंगुर जिसीको बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ। उनको स्थानमा प्रहरी प्रधान कार्यालयबाट बेदप्रकाश जोशीले जिम्मेवारी पाएका छन्। यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दीपायलमा कार्यरत ज्ञानबहादुर बिष्टको जिल्ला प्रहरी कार्यालय बझाङमा सरुवा भएको छ। उनको स्थानमा सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय धनगढीमा कार्यरत सागर बोहराको सरुवा भएको छ।

जिल्ला प्रहरी कार्यलय डोटीमा कार्यरत इन्द्रबहादुर मल्लको नेपाल प्रहरी विशेष सुरक्षा गण सुर्खेतमा सरुवा भएको छ। उनको स्थानमा इलाका प्रहरी कार्यालय नवलपुरमा कार्यरत भोला कुमार भट्टले जिम्मेबारी पाएका छन्।

जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत मदनजित महराको केन्द्रीय अनुसन्धान ब्यूरोमा सरुवा भएको छ। उनको स्थानमा प्रहरी प्रधान कार्यालयबाट चतुर्भुज ओझा आउने भएका छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत महेन्द्र नेपालको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्दीय कार्यालयमा सरुवा भएको छ। उनको स्थानमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट देबेहन्द्रबहादुर पाल डडेल्धुरा आउने भएका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत रुपक खड्काको जिल्ला प्रहरी कार्यालय नुवाकोटमा सरुवा भएको छ। उनको स्थानमा डिएसपी ज्ञानबहादुर बिष्ट आउने भएका छन्।

सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय धनगढीमा कार्यरत सागर बोहराको सुदूरपश्चिम प्रदेश प्रहरी तालीम केन्द्र दीपायलमा सरुवा भएको छ। उनको स्थानमा कर्णाली प्रदेश प्रहरी तालीम केन्द्रबाट नवराज पोखरेल आउने भएका छन्। यस्तै जिल्ला प्रहरी कार्यालय कालिकोटबाट चक्रबहादुर शाहको कञ्चनपुर सरुवा भएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार